Prakash Adhikari April 18, 2022

दमौली(तनहुँ), ५ बैशाख। तनहुँकी एक बाल कलाकारले नेपाली चलचित्रका लोकप्रिय नायक पल शाहले पटकपटक बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीका आधारमा पक्राउ परेर जेल चलान भएको मुद्दाले आइतबार नाटकीय मोड लिएको छ ।

बलात्कृत भएको भनेर उजुरी दिएकानाबालिका गायिकाले अदालतमा बयान फेरेर पहिले आफूले दिएका सबै उजुरी आवेगमा आएर दिएकाआफूमाथि कुनै ‘घटना’ नभएको तथा पल शाह मिल्ने साथी भएको बताइन ।

उजुरीको आरोपमाथिको अनुसन्धानका क्रममा प्रहरीमा दिएको जाहेरी र बयानभन्दा विपरित बयान अदालतमा दिएपछि पल शाह उम्किने बाटो खुलेको कतिपयको दावी छ ।

‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको अभिब्यक्ति दिएकी नाबालिक गायिकाले आफूमाथिको कुनै घटना स्विकारिनन् । उनका अभिभावले पल शाहले म्युजिक भिडियो सुटिड.का क्रममा तनहुँ र नवलपरासीको गैडाकोटका होटलहरुमा बलात्कार गरेको आरोपसहितको उजुरी तनहुँ प्रहरीमा दिएका थिए । तर अदालतमा उनने ती सबै झुटो हो भन्दै बयान दिइन् ।

तर प्रहरीले अनुसन्धानका क्रममा पीडित पक्ष, उनका अभिभावक, पीडक र उनका साथीहरुसंग लिएको बयान, घटनास्थलका होटल सञ्चालक र स्टाफहरुसंग लिएको बयानले भने उमेर नपुगेकी नाबालिग गायिकासंग पल शाहले इच्छाविपरित जबर्जस्ती यौन सम्पर्क राखेको प्रमाण जुटाएको छ ।

यो प्रकरणमा सामाजिक तथा राजनीतिक दबावका कारण पीडितमाथि दबाब बढ्ने र बयान फेरिन सक्ने आशंकामा प्रहरीले अनुसन्धानका क्रममा सरकारी वकिलको रोहवरमा पीडितको बयान लिनुको साथै भिडियो रेकर्ड गरेको थियो र त्यो अदालतमा समेत पेश गरेको छ । तनहुँ प्रहरीमा पीडितले भिडियो बयानका क्रममा नै पल शाहले शुरुमा आफूलाई माया गर्ने, केयर गरेको विश्वासमा पारी जबर्जस्ती गरेको भनी बयान दिएकी थिइन् ।

पीडितका बाबुले दिएको जाहेरीपत्रमा नै छोरीले आफूमाथि बलात्कार भएको भनी आफूलाई बताएको विवरण उल्लेख छ ।प्रहरीमा संरक्षकको रोहबरमा बयान गरेको उल्लेख छ ।

अदालतमा पीडितले शारीरिक परीक्षण प्रतिवेदन समेत अस्विकार गरेपनि पीडक आरोपी कलाकार पल शाहले प्रहरीसँगको बयानमा आफूहरुबिच शारीरिक सम्बन्ध भएको र त्यसपछि रजस्वला रोकिएकाले पीडितले आफूलाई बिहे गर्न स्विकार्नुपर्छ भनी दबाव दिएको समेत बताएका थिए ।

पीडितले बयान फेरेको यस्तै मुद्दामा सर्वोच्च अदालतले आरोपितले उन्मुक्ति नपाउने व्याख्या गरेको द्ध । न्यायाधीशहरु सुशीला कार्की र तर्कराज भट्टको इजलासले पीडितको शारीरिक परीक्षणलाई महत्वपूर्ण प्रमाण मान्नुपर्ने व्याख्या गरेको थियो ।

झापा दमकका चन्द्रप्रकाश तिवारीविरुद्धको जबर्जस्ती करणी सम्बन्धी एक मुद्दामा पीडितले पछि अदालतमा बयान फेरे पनि अदालतले तिवारीलाई दोषी ठहर गरेको थियो । सो घटनामा पनि १३ वर्षकी नाबालिकाले अदालतमा बयान फेरेकी थिइन् । तर
सर्वोच्च अदालतले पीडितले अदालतमा बयान फेरेको भएपनि अरु प्रमाणले बलात्कार पुष्टि हुने भन्दै आरोपितलाई दोषी ठहर गरेको थियो ।

एकथरीले नाबालिका करणीको अपराधमा कम्तिमा १२ बर्ष जेल सजाँय हुने पल शाहलाई पीडितले फेरेको बयानबाट कम्तिमा आधा सजाँय घट्ने दावी गरेका छन भने कतिले मिथ्या आरोपलाई आधारमा मानेर उनले तुरुन्तै सफाई पाउन सक्ने पनि बताएका छन् ।

 

यसको निर्णय न्यायाधीशको विवेकमा निर्भर रहेको छ ।

Share Now

Leave a comment.