Prakash Adhikari April 30, 2022

 

कीर्तिपुर(काठमाडौं), १७ बैशाख । आज बिहान ९ः३० बजे निर्धारित नेपाल र जिम्बाबेको ए टिमबीचको एक दिवसीय क्रिकेट खेल बर्षा र खराब मौसमका कारण रद्द छ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुने तय भएको थियो ।

नेपालसंग एक दिवसीय र टी २० सेरिज खेल्नका लागि जिम्बाबेको जिम्बाबे ए टिम अहिले नेपाल भ्रमणमा आएको छ ।

नेपाली राष्ट्रिय टिमले जिम्बाब्वे ‘ए’ टिमसंग अप्रिल ३०, मे २ र मे ४ तारिखमा तीन वटा एकदिवसीयको सिरिज खेल्ने कार्यक्रम छ भने मे ६, ७ र ९ तारिखमा तीन वटा टि २० सिरिज खेल्ने कार्यक्रम थियो।

 

कीर्तिपुर क्रिकेट मैैदानमा हुने जिम्बाब्वे ‘ए’ संगको तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखलाको लागि नेपाल क्रिकेट संघ ले १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

सन्दीप लामिछाने कप्तानीको टिममा युवा अलराउण्डर आदिल अन्सारी तथा फास्ट बलर किशोर महतोले स्थान बनाएका छन्। यस्तै ब्याट्सम्यान सुनिल धमलाले पनि ५ वर्ष पछि टिममा पुनरागमन गरेका छन्।

आदिलले पपुवा न्युगिनी र मलेसियासंगको टि२० सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए।

युवा फास्ट बलर महतो घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। गत वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा चौंथो सर्वाधिक रन कर्ता रहेका धमला यसपटक चयनमा परेका छन्।

पपुवा न्युगिनीसंग गत महिना सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा राम्रो प्रदर्शन गरेका देव खनाललाई टिममा निरन्तरता दिईएको छ। पहिलो खेलमा खाता खोल्न नसकेका खनालले दोश्रो एकदिवसीयमा ७२ रन बनाएका थिए।

Image

यस्तै टिममा विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारीले पुनरागमन गरेका छन्। अनिल शाह र दिलिप नाथले पपुवा न्यु गिनी, मलेसिया सिरिजमा राम्रो प्रदर्शन नगरेपछि भण्डारी पुनः टिममा फर्केका हुन्।

फास्ट बलर बिक्रम सोब, देब्रे हाते स्पिनर सुशन भारी, सागर ढकाल पनि टिममा छन्।

 

पवन सर्राफ, शाहब आलम, बिबेक यादव, लोकेश बम, भिम शार्कीले भने एकदिवसीय टिममा स्थान पाएका छैनन्। उनीहरु टी २० टिममा छन्।

नेपाली टीमः सन्दिप लामिछाने ( कप्तान ) , आसिफ शेख, देव खनाल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारि, आदील अन्सारी

 

Image

Share Now

Leave a comment.