Prakash Adhikari May 13, 2022

 

काठमाडौं, ३० वैशाख । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको हो ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवद्धारा मतदान

प्रथम राष्ट्रपति रामवरण यादवले मतदान गर्नुभएको छ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित बिपी कोइराला माविमा पुगेर उहाँले मतदान गर्नुभएको हो।

उपसभापति खड्काद्धारा मतदान

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदान गर्नुभएको छ।

सुर्खेतको गुर्भाकोटमा रहेको सूर्यज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उहाँले १० बजेर १० मिनेटमा मतदान गर्नुभएको हो। खड्काले १ घण्टा लाइन लागेर मतदान गर्नुभयो।

उपसभापति खड्का वैशाख २५ गतेदेखि सुर्खेतमा हुनुहुन्छ।

उहाँले चुनाव प्रचारको क्रममा जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन समेत गर्नुभएको थियो ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ८ बाट उपसभापति खड्काको मतदाता नामावली छ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ।

आफ्नो मताधिकारको प्रयोग गर्दै उनले धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि मावि मतदान केन्द्रमा उहाँले भोट खसाल्नुभएको हो।

 

Share Now

Leave a comment.