Prakash Adhikari May 13, 2022

 

काठमाडौं, ३० वैशाख । आज भैरहेको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म एक तिहाई भन्दाबढी मतदान भएको छ ।

निर्वाचन आयोग आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले दिउँसो दिनुभएको जानकारी अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

मतदान रोकिएका स्थानमा छिट्टै मतदान सुरु हुने विश्वास निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गर्नुभएको छ।

मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारित गरिएको छ ।

 

Share Now

Leave a comment.