Prakash Adhikari May 14, 2022

 

काठमाडौं, ३१ वैशाख । मनाङका चार वटै पालिकाको अन्तिम मतपरिणाम आएको छ।

मनाङमा नेपाली कांग्रेसले दुई गाउँपालिकामा विजय प्राप्त गरेको छ भने नेकपा एमालेले पनि त्यति नै पालिकामा जितेको छ ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकाधनबहादुर गुरुङ ८ सय २० मत ल्याई निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका बेदबहादुर गुरुङ ९ सय १३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६ सय ४६ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४ सय ९६ मत ल्याउनुभएको छ ।

नार्पा भूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जीङ लामाले १ सय ५८ मत ल्याई विजयी हुनुभयो।

उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित हुनुभएको थियो।

मनाङकै चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले ३ सय २० ल्याई विजयी हुनुभयो भने उपप्रमुखमा नेपाली कांग्रेसका मिङमार डोमा लामा ३ सय २५ मतल्याई विजयी हुनुभयो।

प्रमुखमा घलेका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याउनुभयो भने उपप्रमुखमा एमालेकी आशाकुमारी गुरुङले २ सय ७४ मत ल्याउनुभयो।

मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्ष पनि एमालेले जितेको छ।
निर्वाचन आयोगका अनुसार ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई निर्वाचित हुनुभयो उहाँका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेले ७ सय १३ मत ल्याउनुभयो ।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत पाएर विजयी हुुनुभयो ।

Share Now

Leave a comment.