Prakash Adhikari May 14, 2022

 

काठमाडौँ, ३१ वैशाख । स्थानीय तहको शुक्रबार भएको मतगणनाको प्रारम्भिक परिणाम आउनेक्रम जारी रहेको छ । हालसम्म मतगणना भएका २ सय १३ स्थानको रुझान हेर्दा सुरुवाती अग्रता नेपाली कांग्रेसलाई प्राप्त भएको छ। दोस्रो स्थानमा एमाले छ ।

हालसम्म भएका मतगणना परिणाम अनुसार नेपाली कांग्रेसले १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ । उसले उपमेयर, उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर तथा उपाध्यक्षमा जितिसकेकोछ ।

नेकपा एमाले दोस्रो स्थानमा देखिन्छ । उसले ५८ पालिकामा अग्रता लिइरहेको छ । उसले तीन पालिकामा विजय हासिल गरेको छ । एमालेका उपमेयर तथा उपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन् ।

सुरुआती गणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा नै देखिएको छ। उसले ३२ स्थानीय तहका मेयर तथा अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयर तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

जनता समाजवादी पार्टीले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर तथा अध्यक्षमा अग्रता लिइरहेको छन् । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् ।

 

Share Now

Leave a comment.