Prakash Adhikari May 22, 2022

 

काठमाडौं, ८ जेठ । देशभरका ७ सय ५३ पालिकामा भएको स्थानीय तह निर्वाचनमा ७ सय १ स्थानीय तहको नतिजा घोषणा भएको
छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १ सय २७ तथा अध्यक्षतर्फ ४ सय ४९ स्थानको नतिजा घोषणा भएको छ ।

घोषित परिणाम अनुसर नेपाली काँग्रेसले १ सय २४ प्रमुख र १ सय ८४ अध्यक्ष गरी ३ सय ८ स्थान जितिसकेको छ। काँग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १ सय २१ अध्यक्ष गरी १ सय ८८ पालिकाको नेतृत्व जितेको छ । एमालेले अझै १५ प्रमुख र २ अध्यक्षको मतगणनामा अग्रता कायमै राखेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष गरी १ सय २० पालिकाको नेतृत्व जितेको छ । उसले अझैपनि दुई पालिकाको प्रमुखमा अग्रता कायमै राखेको छ ।

यस्तै एकीकृत समाजवादीले ९ प्रमुख जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् ।
जनता समाजवदी पार्टीले २० स्थानीय तह जित्दा लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी लगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले २५ पालिकामा जित हासिल गरेका छन् ।

हाल साना पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले विभिन्न पालिकामा १४ स्थानमा अग्रता बनाएका छन् ।

अब ५ महानगरपालिकासहित ५३ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ।

नतिजा आउन बाँकीमा प्रदेश १ मा झापाका ५, मोरङका २, सुनसरीका ३ र उदयपुरका २ पालिका बाँकी छ।

यस्तै मधेश प्रदेशमा रौतहटका ७, बाराका ४, सप्तरीका ३, सिराहा र धनुषा २ २, महोत्तरी, सर्लाही र पर्साका १-१ पालिकामा अन्तिम नतिजा आउन बाँकी छ।

यस्तै बागमती प्रदेशका काठमाडौ, ललितपुर काभ्रे र चितवनमा १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। गण्डकी प्रदेशमा तनहुँ र पोखराका एक-एक पालिकामा नतिजा आउन बाँकी छ।

यस्तै लुम्बिनी प्रदेशमा ८ पालिकाको नतिजा आउन बाँकी हुँदा सुदूरपश्चिम प्रदेशमा ५ वटा पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।

कर्णाली प्रदेशका सबै पालिकाको अन्तिम नतिजा आइसकेको छ।

नतिजा आउन बाँकी पालिकाहरु :

झापा कमल गाउँपालिका
झापा गौरादह नगरपालिका
झापा गौरीगंज गाउँपालिका
झापा मेची नगर नगरपालिका
झापा शिवसताक्षि नगरपालिका
मोरङ रंगेली नगरपालिका
मोरङ सुन्दरहरैंचा नगरपालिका
सुनसरी धरान उपमहानगरपालिका
सुनसरी बराहक्षेत्र नगरपालिका
सुनसरी हरिनगर गाउँपालिका
उदयपुर कटारी नगरपालिका
उदयपुर त्रियुगा नगरपालिका
सप्तरी छिन्नमस्ता गाउँपालिका
सप्तरी डाक्नेश्वरी नगरपालिका
सप्तरी रूपनी गाउँपालिका
सिराहा गोलबजार नगरपालिका
सिराहा बरियारपट्टी गाउँपालिका
धनुषा क्षिरेश्वरनाथ नगरपालिका
धनुषा जनकपुरधाम उपमहानगरपालिका
महोत्तरी भंगहा नगरपालिका
सर्लाही बरहथवा नगरपालिका
रौतहट गढीमाई नगरपालिका
रौतहट गरूडा नगरपालिका
रौतहट गुजरा नगरपालिका
रौतहट देवाही गोनारी नगरपालिका
रौतहट फतुवा विजयपुर नगरपालिका
रौतहट बैधीमाई नगरपालिका
रौतहट यमुनामाई गाउँपालिका
बारा आदर्श कोटवाल गाउँपालिका
बारा पचरौता नगरपालिका
बारा बारागढी गाउँपालिका
बारा महागढीमाई नगरपालिका
पर्सा वीरगन्ज महानगरपालिका
काठमाडौं काठमाडौं महानगरपालिका
ललितपुर ललितपुर महानगरपालिका
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका
चितवन चितवन महानगरपालिका
तनहुँ ब्यास नगरपालिका
कास्की पोखरा महानगरपालिका
पाल्पा रम्भा गाउँपालिका
रुपन्देही तिलोत्तमा नगरपालिका
रुपन्देही लुम्बिनी सांस्कृतिक
रुपन्देही कोटहीमाई गाउँपालिका
कपिलवस्तु महाराजगञ्ज नगरपालिका
कपिलवस्तु शुद्धोधन गाउँपालिका
दाङ तुलसीपुर उपमहानगरपालिका
बाँके कोहलपुर नगरपालिका
बाजुरा बुढीगंगा नगरपालिका
अछाम साँफेबगर नगरपालिका
कन्चनपुर कृष्णपुर नगरपालिका
कन्चनपुर पुनर्वास नगरपालिका
कन्चनपुर भीमदत्त नगरपालिका
कन्चनपुर शुक्लाफाटाँ नगरपालिका

 

Share Now

Leave a comment.