Prakash Adhikari May 22, 2022

 

धनगढी(कैलाली), ८ जेठ । धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई दोब्बर मतान्तरले पराजित गर्नुभएको छ ।

आँप चुनाव चिह्न लिएर चुनाव लड्नुभएका हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो ।

हमाल र बड २०७४ को स्थानीय निर्वाचनका पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यसबेला वडले हमाललाई २ हजार ७ सयको मतान्तरले पराजित गर्नुभएको थियो । यसपटक हमालले वडलाई १२ हजार ४८ मतान्तरमा जित्नुभो ।

उपमयेयरमा एमालेकी कन्दकला राना विजयी हुनुभएको छ । विजयी रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादीकी शान्तिकुमारी अधिकारीलाई पराजित गर्नुभएको हो ।

अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गर्नुभएको छ ।

Share Now

Leave a comment.