Prakash Adhikari May 22, 2022

 

धरान(सुनसरी), ८ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनुभएको छ ।

सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेपाली कांग्रेसका किशोर राईलाइै पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित हुनुभएको हो ।

हर्कराजले किशोर लाई ४ हजार ७ सय ६२ मतले पराजित गर्नुभएको छ । हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाउनुभयो ।

नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गर्नुभयो ।

धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित हुनभयो ।

उहाँले २० हजार ५ सय १० मत प्राप्त पाउनुभयो। उहाँका निकटतम प्रत्याशी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाउनुभएको थियो।

Share Now

Leave a comment.