Prakash Adhikari May 24, 2022

 

भरतपुर(चितवन), १० जेठ । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको छ ।

प्रमुख निर्वाचित दाहालले ५२ हजार ३० मत पाउनुभएको छ भने उपप्रमुख विजयी अधिकारीले ५२ हजार ८ सय ३ मत पाउनुभएको छ ।

प्रमुख निर्वाचित रेनुले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पछि पार्नुभएको छ । सुवेदीले ३९ हजार ५८१ मत ल्याउनुभएको छ।

नेपाली कांग्रेसको निर्णयको अवज्ञा गर्दै प्रमुखमा वागी उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाउनुभयो ।

उपप्रमुखमा विजयी अधिकारीले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १ सय ९१ मत अन्तरले पराजित गर्नुभयो । हिमलाको पक्षमा ३० हजार ६ सय १२ मत परेको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।

नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ ।

माओवादी केन्द्रले वटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीका उम्मेद्वारहरुले ७, ९ र २२ नम्बर वडा जितेका छन् ।

वडा नम्बर २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छ ।

भरतपुरमा आजै सपथग्रहणको कार्यक्रम राखिएको छ ।

Share Now

Leave a comment.