काठमाडौं, १० जेठ । नेपालकाबैंकहरुमा अब्बल मानिएको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुनुभएको छ।
जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो।
बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिँदै छ।
ढुंगानाले आउँदो असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नुहुने भएको छ।
राष्ट्र बैंकसँग अन्तिम स्वीकृतिका लागि जानुअघि नबिलले गत शनिबार गरेको विशेष साधारण सभाबाटै एकीकृत कारोबारको सुरुआती दिनदेखि नै बैंकको प्रमुख कार्यकारीको भूमिका सम्हाल्ने गरी ढुंगानालाई सीईओ नियुक्तिको निर्णय गरेको थियो।
यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी)मा एक दशक उनले व्यवस्थापकीय नेतृत्व गर्नुभएको हो।
ढुंगाना गत पुस अन्तिम साता नेपाल बंगलादेश बैंकको सीईओबाट अवकाश पाउनुभएको थियो ।


















