बीरगञ्ज(पर्सा), १० जेठ । सत्तारुढ गठबन्धनलाई बीरगञ्ज महानगरपालिकाको चुनावमा पनि सफलता मिलेको छ । बीरगञ्जमा गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित हुनुभएको छ ।
बिजयी राजेशमानले एमालेका उम्मेदवार विजय कुमार सरावगीलाई २२ हजार ५ सय ५५ मतान्तरले पराजित गर्नुभएको छ ।
महानगरमा ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा विजयले २३ हजार ६ सय ७१ मतमात्रै पाउनुभएको छ ।
वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेका थिए र ९३ हजार ७ सय ८२ मत खसेको थियो ।
यस्तै उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा०का पुरुषोत्तम लाल झा ९ हजार ५ सय ६८ मत ल्याउनुभएको थियो।
राप्रपाकी चिना जैसवालले ५ हजार ९ सय ८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९ सय ९ मत ल्याउनुभयो ।
वीरगञ्जमा ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।
वडा नं १ मा जसपाका मनोज राउत कुर्मी, २ मा कांग्रेसका रियाज मिया तेली, ३ मा जसपाका बैजुलाल स्वर्णकार, ४ मा कांग्रेस जगत साह कानु, ५ मा एमाले प्रदीप चौरसिया, ६ मा लोसपामा जयप्रकाश अग्रवाल, ७ मा कांग्रेसका हिराकाजी महर्जन, ८ मा कांग्रेसकै रितेश गुप्ता, ९ मा जवहारप्रसाद गुप्ता र १० मा जसपाका सुशीलकुमार गुप्ता विजयी हुनुभएको छ ।
यस्तै, ११ मा जसपाका अजय चौरसिया, १२ मा एमालेका सुरेश गुप्ता कानु, १३ मा एमालेकै हारा गिरी, १४ मा जसपाका महबुब एलाही, १५ मा जसपाकै रमेश यादव, १६ मा परशुराम चौरसिया, १७ मा एमालेका सञ्जिव क्षेत्री, १८ मा जसपाका उमाशंकर तिवारी, १९ मा कांग्रेसका मुकेशकुमार चौरसिया विजयी हुनुभयो ।
वडा नम्बर २० मा एमाले रामकिशोर सिंह, २१ लोसपाका राधाकृष्ण रौनियार, २२ कांग्रेसका द्वारिका महतो, २३ एमालेको अवध किशोर कुशवाहा, २४ मा एमालेकै विजयप्रसाद कुर्मी, २५ मा जसपाका आशुतोष चतुर्वेदी, २६ मा कांग्रेसका शम्भुप्रसाद गुप्ता, २७ मा कांग्रेकै हृदय नारायण पटेल, २८ मा सर्युग महतो, २९ मा जसपाका धर्मेन्द्र महतो, ३० मा जसपाकै मनोजकुमार यादव, ३१ मा एमालेका जितेन्द्र यादव र ३२ मा जसपाका रियाज मिँया ठकुराई विजयी हुनुभएको छ ।


















