काठमाडौं, १७ जेठ । कबड्डी ४ की अभिनेत्री मिरूना मगरले लगाएको आरोप पुष्टि हुन नसकेपछि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नुभएका भिक्षु फुर्वा तामाङलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले प्रहरीले रिहा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उनलाई रिहा गर्न जिल्ला प्रशासनले आदेश दिएको जानकारी दिनुभयो।
आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका २ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।
तामाङलाई ३ हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो।
मिरुनाका अनुसार फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङबाट अभद्र व्यवहार सामना गर्नुपरेको थियो । तर सामाजिक सञ्जालमा आएका सीसीक्यामेराको फुटेजमा मिरुनामाथि ठेलमठेल गर्ने व्यक्ति अरु नै देखिन्छन् । मिरुनाले आरोप लगाउनुभएका भिक्षु तामाड. उहाँको बायाँपट्टि देखिनुहुन्छ ।
मिरुनाले आफूप्रति पछाडिबाट संवेदनशील अंगमा छुने चेष्टा गरेको आरोप लगाउनुभएको थियो ।
मिरुनाको जाहेरीले लामा पक्राउ परेपछि बुद्ध धर्मालम्बीहरुलाई आरोपित गरेर बदनामा गराउन खोजेको भन्दै मिरुनाको फिल्म लागेको चावहिलको केएल टावरमा भिक्षु समर्थकहरुले विरोध प्रदर्शन गर्नुको साथै कबड्डी ४ को पोष्टर जलाएका थिए ।
सो घट्नाले धार्मिक सद्भाव नै खल्बल्याउने र जातीयद्धन्द्ध निम्त्याउने स्थिति देखपछि जिल्ला प्रशासनले मिरुनाको आरोपको तथ्यगत पुष्टि नभएको भन्दै भिक्षुलाई सामान्य धरौटीमा छोड्ने आदेश दिएको हो ।
प्रदर्शनकारीहरुले भिक्षुसमेत रहेका तामाङलाई निःशर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने उनीहरूको माग थियो।
Yeshi Gyatso Choeden Sherpaa र अन्य १२ जना सँग Jagdol Kapan / Pulhari Gumba मा हुनुहुन्छ।
सर्ब प्रथम Miruna Magar जि र घट्ना स्थलमा रहनु भएका नेक व्यक्ति हरुलाई मेराे नमस्कार
र साथै कबड्डी 4 काे लागी धेरै धेरै
।

कबड्डी ४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच मंगलबार बिहान छलफलसमेत भएको थियो।




















