Prakash Adhikari June 1, 2022

 

काठमाडौं, १८ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ महिला विश्वकप एसिया क्षेत्रको छनोटमा जाने नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेको छ ।

मंगलबार भएको बिदाई कार्यक्रममा संघका अध्यक्ष चतुरबहादुर चन्दले टिम कप्तान कृतिका मरासिनीलाई राष्ट्रिय झण्डा दिएर बिदाई गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा क्यानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस अगाडि संघले क्यानले शनिबार छनोट खेलमा लागि स्पिनर कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो ।
स्नेहा महरा उपकप्तान रहेको टोलीमा एलिसा यादव विकेटकिपर, सृष्टी जैसी, मनिषा उपाध्यय, मनिषा रानामगर, साना प्रविन, रञ्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल रहेका छन् ।

प्रतियोगितामा नेपालले नेपाल, यूएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल शीर्ष स्थानमा रहन सके नेपाल सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० विश्वकपमा पुग्नेछ ।

आईसीसीले पहिलो पटिक यू–१९ महिला विश्वकप आयोजना गर्दैछ । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।

छनोट खेलमा नेपालले २० गते कतार, २१ गते यूएई, २३ गते भुटान, २४ गते थाईल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

 

Share Now

Leave a comment.