Prakash Adhikari June 1, 2022

बीरेन्द्रनगर(सुर्खेत), १८ जेठ । राष्ट्रपति भण्डारी आज(बुधबार) बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको छ ।

बडिमालिका सुदूरपश्चिमको बाजुरा जिल्लामा पर्दछ ।

काक्रेबिहार दर्शनको कार्यक्रममा आउनुभएकी उहाँ मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्नुभएको थियो ।

मंगलबार उहाँले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गर्नुभो। उहाँले मंगलबार अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राख्नुभएको थियो ।

साथै उनले कांक्रेविहारको ऐतिहासिक, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिलाई कांक्रेविहारको अवलोकन भ्रमण गराउनुका साथै यसको महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।

अवलोकनपश्चात् राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो।

राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।

कांक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विकपक्षको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रपतिले अवलोकन भ्रमण गर्नुभएको  उहाँका स्वकीय प्रेस सचिव सोम राईले बताउनुभयो ।

 

Share Now

Leave a comment.