Prakash Adhikari June 3, 2022

 

 

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०(१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुुभयो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताउनéयो ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकाशिएको थियो । डा। युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो ।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

Share Now

Leave a comment.