Prakash Adhikari June 8, 2022

कुवेत सिटी(कुवेत)। आज राति नेपाली राष्ट्रिय फुटबल टिम एएफसी एशियन कप क्वालिफायर अन्तिम चरणमा जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीको जावेर अलअहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुने खेलमा आफूहरु चौथो पोटमा रहेकोले दबाब बिना खेल्न सजिलो हुने प्रशिक्षक अल्मुताइरीले भन्नुभएको छ। उहाँले यो खेलबाट केही पाउने आशा गर्नुुभएको छ ।

जोर्डन हालै अष्ट्रेलिया र भारतसंगको खेलपछि नेपालसंगको खेलमा मैदानमा उत्रिन लागेको हो ।

प्रशिक्षक अल्मुताइरीले ती खेलहरु हेरेकोले आफ्ना खेलाडीहरुले राम्रो गर्न सक्ने संभावना औल्याउदै आज राति हुने खेलमा जोर्डनलाई रोक्न सके कुवेत र इण्डोनेशियासंगको खेलमा नेपाललाई सहज हुने पनि बताउनुभएको छ ।

खेल स्थानीय समय अनुसार रातको १०ः१५ मा सुरु हुनेछ । जुन नेपाली समय अनुसार बिहिबारको बिहान १ बजे हुनेछ ।

फिफाको विश्व वर्गीकरणमा नेपाल १सय ६८ औं स्थानमा छ भने जोर्डन ९१ औं स्थानमा रहेको छ ।

यता नेपाली टिममा प्रशिक्षकसंगको विवादको असर पनि कायम नै छ । खेलको तयारी स्वरुप गरिने बन्द प्रशिक्षण निकै विवादित रह्यो । आजको खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्चोड. नै टिममा हुनुहुन्न । खेलमा विकास तामाड., निरकुमार राई,शिव गुरुड. र रोशन राना मगर नयाँ अनुहारको रुपमा देखिनुहुनेछ ।

नवयुग श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिने टिममा विशा सुनार(गोलकिपर), दीपक कार्की(गोलकिपर), टिकेन्द्र थापा(गोलकिपर),विकास खवास,विकास तामाड., गौतम श्रेष्ठ, राजन गुरुड., शिव गुरुड., सुमन अर्याल, आकाश बुढामगर,आरिक विष्ट,निरकुमार राई, पूजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाड.,सेसेहाड. आड.देम्बे, सुनील बल,सुरजज्यू ठकुरी, आयुष घलान, दर्शन गुरुड., जर्ज प्रिन्स कार्की र मनिष डाँगी रहनुभएको छ ।

 

Share Now

Leave a comment.