Prakash Adhikari June 9, 2022

मुग्लिन(चितवन), २६ जेठ । बुधबार रातिदेखि परेको पानीले पहिरो खसेपछि नौबिसे मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जानकारी दिनुभयो।

उहाँका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।

पहिरोले नौबिसे मुग्लिन सडक खण्ड पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.