Prakash Adhikari June 9, 2022

काठमाण्डौँ, २६ जेठ। यहि जेठ २७ गते हुने नेपाल पर्वतारोहण संघको निर्वाचनमा स्वतन्त्र तथा समावेशी समूहबाट उम्मेदवारी घोषणा गर्नुभएका निमानुरु शेर्पाको विजय सुनिश्चित देखिएको छ ।

उहाँको विरुद्धमा उम्मेवाद्वारी दिनुभएका राजेन्द्रमान श्रेष्ठ कमजोर देखिनुभएको छ ।

बाँकी पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ ।

बुधबार साँझ नाम फिर्तालिने अन्तिम समयमा निमानुरु शेर्पाको समूहबाट उम्मेद्वारी घोषणा गर्नुभएका दीपेन्द्र(कपिल)पाण्डेले स्वेच्छाले उम्मेदवारी फिर्ता गर्नुभएको छ । उहाँको स्थानमा दावा याड.जु शेर्पाको इन्ट्रि भएको छ ।

निमानुरु दुवै प्यालनमा

अध्यक्ष पदमा स्वतन्त्र, व्यवसायिक र समावेशी समूहबाट उम्मेद्वारी घोषणा गर्नुभएका निमानुरु शेर्पा संघको निर्वाचनमा देखिएका दुई समूहको अध्यक्षको साझा उम्मेदवार हुनुभएको छ ।

सत्तारुढ गठबन्धन र एमालेको समेत सहभागिता रहेको समावेशी सर्वदलीय टिमको अध्यक्ष बन्नुभएका शेर्पालाई पछि आरोहीहरुको बाहुल्य रहेको माया शेर्पाले वरिष्ठ उपाध्यक्ष लिएर खडा गर्नुभएको प्यानलले पनि अध्यक्षमा उहाँलाई समर्थन गरेको छ ।

बुधबार साँझ लाजिम्पाटको सम्पदा गार्डेन होटल लाजिम्पाटमा भएको पत्रकार सम्मेलन तथा उम्मेदवारहरुको परिचय र प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सो जानकारी दिइएको हो ।

समावेशी टिम विश्वस्त

निमानुरु नेतृत्वमा घोषित र ठाकुरराज पाण्डे वरिष्ठ उपाध्यक्ष रहेको समूहले बिहिबार बिहान नक्सालस्थित अरण्य बुटक होटलमा उम्मेद्वार परिचय कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष तथा पदाधिकारीसहित सदस्यहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा सो समूहका कोषाध्यक्ष पदका उम्मेदवार मुक्ति पाण्डे,महासचिवका उम्मेदवार मोहन लम्साल,वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे र अध्यक्षका उम्मेदवार निमानुरु शेर्पाले संबोधन गर्नुभएको थियो ।

सो कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पदका उम्मेद्वार निमानुरु शेर्पाले पर्वतारोहण ंसंघले हिमालको संरक्षण,प्रबर्धन र हिमाली वातावरणको संरक्षणमा आफूलाई केन्द्रित गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले विभिन्न आस्थाका आधारमा चुनाव लड्दा पर्वतारोहीको भावना अनुरुप काम गर्न नसकेको अग्रजहरुको अनुभवलाई मनन गर्दै यसपटक सबै विचारमा आस्था राख्ने आरोही र व्यवसायीहरुलाई समेटेर संघलाई नयाँ ढंगले लैजाने सोंच अनुरुप उम्मेद्वारी तय गरिएको पनि बताउनुभयो ।

चुनावी मैदानमा को को ?

निर्वाचन आयोगले आज बिहान ११ः३० मा जारी गरेको अन्तिम उम्मेदवारको सूची अनुरुप अध्यक्षमा दुई समूहका साझा उम्मेदवार निमानुरु शेर्पा र एकल उम्मेदवार राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ

वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद पाण्डे र माया शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रथम उपाध्यक्षमा आङदावा शेर्पा र नुरुजाड.बु शेर्पाबीच प्रतिस्पर्धा हुनेछ भने द्धितीय उपाध्यक्षमा दावा याड.जुम शेर्पा र सार्की तामाड.बीच भिडन्त हुनेछ ।

महासचिवमा मोहन लम्साल र आड.पेम्बा शेर्पाबीच प्रतिस्पर्धा हुनेछ भने सचिवमा धन बहादुर गुरुङ र शिवबहादुर सापकोटाबीच प्रतिस्पर्धा हुनेछ ।

कोषाध्यक्षमा मुक्ति पाण्डे,फुरि ग्याल्जेन शेर्पा र विश्वराज तामाड.बीच प्रतिस्पर्धा हुनेछ ।

सदस्यहरुमा ठाकुरराज पाण्डे वरिष्ठ उपाध्यक्ष रहेको समूहबाट सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, नाम्गेल जाङबु शेर्पा, नुर्वु छिरिङ शेर्पा (लामा), पासाङ दावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा र निमा डोमा शेर्पा उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै माया शेर्पाको स्वतन्त्र समूहबाट सदस्यमा कान्छानुर्बु शेर्पा, लाक्पा डेण्डी शेर्पा, दावाटासी शेर्पा, आड.दावा शेर्पा, फुरडिकी शेर्पा,दाबुटी शेर्पा, लक्ष्मी तामाड।, पेम्बा शेर्पा, चेड.ा छिरिड. शेर्पा र किसान गुरुड. उम्मेदवार उठ्नुभएको छ ।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

 

Share Now

Leave a comment.