Prakash Adhikari June 10, 2022

ह्युसटन(टेक्सास,संयुक्त राज्य अमेरिका), २७ जेठ । आइसीसी विश्व कप लिग २ अन्तरगत गए राति अमेरिकाको टेक्सासमा सम्पन्न खेलमा नेपाललाई ओमानले १३ रनले जितेको छ ।

टेक्साससको ह्युस्टनस्थित मोसा अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिड. गरेको ओमानले नेपाललाई २ सय १२ रनको लक्ष्य दिएको थियो ।

५० ओभरको खेलमा नेपालले ४९.४ ओभरमा १ सय ९८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन, देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४,सोमपाल कामीले १३, सुनिल धमलाले १२, करन के.सी.ले ८, सुवास खकुरेलले ३ र क्याप्टेन सन्दीप लामिछानेले २ रन बनाए ।

नेपाललाई रोक्न ओमानका जिसन मक्सुद र खवार अलीले ३(३,बिलाल खानले २ र आयान खानले १ विकेट लिए ।

यस अगाडि टस जितेर ब्याटिड. गरेको ओमानका तर्फबाट जिसन मक्सूदले १ सय ४ रन,खबार अलीले ३०, शोएब खानले २७, सुरज कुमारले १२, जतिन्द्र सिंहले ११, फायज बटले ९, आयन खानले ८,मोहम्मद नदिम र कलिमउल्लाहले १।१ रन जोडेका थिए ।

ओमानलाई रोक्ने क्रममा नेपालका करन के.सी.ले ५, क्याप्टेन सन्दीप लामिछानेले २ र सोमपाल कामीले १ विकेट लिए ।

समूहमा शिर्षस्थानमा रहेको ओमान यो जितसंगै ३४ खेलमा २० जितसहित ४२ अंक हासिल गरी शीर्षमा रहेको छ ।

नेपाल भने १३ खेलमा ६ जित र ७ हारसहित १२ अंक लिएर छैठौं स्थानमा रहेको छ ।

ICC Men’s Cricket World Cup League 2
TEAM M W L PT NRR
OMA 34 20 12 42 0.083
SCOT 20 13 5 28 0.436
UAE 22 12 8 26 0.214
USA 21 10 11 20 -0.083
NAM 14 7 7 14 0.096
NEPAL 13 6 7 12 0.082
PNG 20 1 19 2 -0.856

अभ्यास खेलमा चोट लागेकोले नेपालले ओपनिड. ब्याट्सम्यान आसिफ शेख र कुशल भुर्तेलको अभावमा यो खेलमा गुमाएको थियो । आसिफ र कुशलको स्थानमा सुनिल धमला र सुवास खकुरेललाई मौका दिइएको छ ।

आइसीसी लिग २ को छनोट खेलमा ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका, नेपाल र पीएनजी गरी आठ टोली सहभागी छन् ।

प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

हालसम्म जम्मा १३ खेल खेलेको नेपालले बाँकी सबै खेल खेल्न नपाउदै हालसम्म भएका खेलमा पाएको औसत अंकको आधारमा शीर्ष टोली चयन हुन्छन कि भनेर तर्सिएको छ । त्यसका लागि अमेरिकामा हुने बाँकी ३ खेल जित्नै पर्ने दबाबमा नेपाली टिम रहेको छ ।

चोटग्रस्त खेलाडी आशिफ शेख र कुशल भूर्तेल पछिल्ला दुई खेलमा सहभागी हुनेमा प्रशिक्षक पुबुदु दासानायके विश्वस्त छन् ।

Image

 

Share Now

Leave a comment.