काठमाडौं, २७ जेठ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ ।
निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रुपियाँ बढेको छ । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ ।
त्यसैगरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।
निगमले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइए अनुसार निगमलाई बढेको मूल्यमा पनि पेट्रोलमा प्रति लिटर रु २४।७० र डिजेलमा रु १८।०१ घाटा छ । त्यस्तै एलपी ग्याँसमा प्रति सिलिण्डर रु ७५१ । १४ घाटा छ ।
बढेको भाउमा पेट्रोलियम पदार्थको बिक्री गर्दा पनि निगमलाई १५ दिनमा ३ अर्ब १ करोड ४२ लाख रुपैया नोक्सान हुने निगमले जनाएको छ ।
यस हिसाबले निगमलाई हाल बढेको मूल्यमा कारोबार गर्दा पनि मासिक ६ अर्ब २ करोड ८४ लाख रुपैया जति नोक्सानी हुन आउछ ।



















