काठमाडौं, २८ जेठ । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित हुनुभएको छ।
गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७ सय ३५ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १ सय २२ मत ।
संघको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४सय २८ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी माया शेर्पाले ४ सय २३ मत ल्याउनुभयो।
त्यस्तै प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन्।
यसैगरी, महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन्। महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३ सय २३ मत प्राप्त गर्नुभयो।
सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित हुनुभएको छ।
यस्तै, सदस्यमा आङदावा शेर्पा, किसान गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित हुनुभएको छ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको थियो।
संघको २ हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल १ हजार २ सय १५ मतदाता थिए।
अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको संघले जनाएको छ।


















