Prakash Adhikari June 12, 2022

सिंगापुर, २९ जेठ । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ।

चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेट्नुभएको थियो ।

सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त गर्नुभयो।

पछि अस्टिनले चिनियाँ सैनिक गतिविधिलाई उत्ते’जनापूर्ण र अस्थिरता निम्त्याउने’ कदमको सङ्ज्ञा दिनुभयो।

उक्त प्रायःद्वीपमाथि दिनहुँजसो ठूलो सङ्ख्यामा चिनियाँ वायुयानहरू उडिरहेका र त्यसले ‘उक्त क्षेत्रमा शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ उहाँको भनाइ थियो।

अमेरिकी मन्त्रीको भनाई

चीनले स्वशासित ताइवानलाई आफ्नो भूमिको अभिन्न अङ्ग मान्ने गर्छ।

उक्त अवधारणाकै कारण रक्षामन्त्री वेले ताइवानलाई हतियार विक्री गर्ने अमेरिकी कदमको निन्दा गरेका थिए।

चीन र ताइवान

चीन र ताइवान
उनलाई उद्धृत गर्दै एक प्रवक्ताले भन्नुभएको छ, ूयदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष कुनै पनि मूल्यमा लड्नु र ुस्वतन्त्रु हुने ताइवानको प्रयासलाई दमन गर्नु र देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुको अरू विकल्प हुँदैन।ू

रक्षामन्त्री अस्टिनले बेइजिङलाई चीनको सम्पूर्ण सरकारको मान्यता दिने र ताइवानी स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिको नीतिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताउनुभएको थियो।

उहाँले बल प्रयोग गरेर तनाव हल गर्न खोज्नु नहुनेमा जोड दिनुभयो।

अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरूको यो भेटवार्ता झन्डै एक घण्टा चलेको थियो।

दुवै पक्षले हार्दिकतापूर्ण छलफल भएको बताएका छन्।

चीनका रक्षा मन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनबीचको पहिलो प्रत्यक्ष भेटवार्ता
चीनका रक्षामन्त्री वे फङ्ख र अमेरिकी समकक्षी लोयड अस्टिनबीच सिङ्गापुरमा पहिलो प्रत्यक्ष भेटवार्ता भएको हो

अस्टिनले कुनै पनि असमझदारी उत्पन्न हुन नदिन चीनको सेनासँग पूर्ण रूपमा सञ्चारको संयन्त्र खुला राख्नुपर्नेमा जोड दिनुभएको थियो।

मेको अन्त्यमा ताइवानले आफ्नो हवाई सुरक्षा क्षेत्रमा चीनले पठाएका ३० वटा लडाकु विमानलाई चेतावनी दिन आफूले पनि युद्धक विमानहरू परिचालन गरेको बताएका थियो।

त्यो चिनियाँ सेनाले ज्यानुअरी यता गरेको सबैभन्दा ठूलो अतिक्रमण थियो।

उक्त घटनामा २२ वटा ताइवानी लडाकु विमान र विद्युतीय युद्धप्रणाली र पूर्वचेतावनी प्रणाली तथा पनडुब्बीमा मार हान्न सक्ने विमान खटाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

सन् १९४० को गृहयुद्धको समयमा चीन र ताइवान विभाजित भएका थिए। तर बेइजिङले कुनै एउटा निश्चित बिन्दुमा उक्त टापुलाई आवश्यक परे बल प्रयोग गरेर आफूले आफ्नो बनाउने बताउँदै आएको छ।

ताइवानको आफ्नै संविधान छ र त्यहाँ लोकतान्त्रिक रूपमा निर्वाचित नेताहरू छन्। ताइवानी सुरक्षा बलमा तीन लाख सक्रिय सुरक्षाकर्मी छन्।

ताइवानलाई कसले मान्यता दिएको छ?

एकदमै थोरै देशहरूले मात्रै ताइवानलाई मान्यता दिएका छन्। अधिकांशले बेइजिङमा रहेको चिनियाँ सरकारलाई मान्यता दिएका छन्। संयुक्त राज्य अमेरिकाको ताइवानसँग औपचारिक सम्बन्ध छैन। तर अमेरिकाले ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न स्रोत उपलब्ध गराउनेगरी एउटा कानुन पारित गरेको छ।

चीन र ताइवान

 

Share Now

Leave a comment.