काठमाडौं, २९ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।
दुवै बैंकका बीच शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मर्जरमा गएका दुबै बैंकको शेयर कारोबार आज(सोमबार)देखि रोकिने भएको छ ।
मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने सहमति भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।
चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ ।
मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ ।
कर्जातर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब लगानी छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ ।
चुक्ता पूँजीका आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ ।
मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुनेछ ।


















