Prakash Adhikari June 11, 2022

कुवेत सिटी(कुवेत), २८ जेठ । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको देश कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

आयोजकसमेत रहेको कुवेतविरुद्ध नेपाल आज प्रतिस्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ।

खेलअघि प्रशिक्षक अलमुताइरीले कुवेत आफ्नो मुटु भए पनि आजको खेलमा नेपाललाई जिताउन मैदान उत्रर्ने बताउनुभएको छ।

खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ।

यसअघि पहिलो खेलमा जोर्डनबिरुद्ध नेपाल २–० गोलले पराजित भएको थियो। यता कुवेत पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो।

घरेलु टिम कुवेतलाई इण्डोनेसियाले २ १ गोलले हराएको थियो।

छनोटको समूह ए मा नेपाल र कुवेत अंकविहीन छन्। जोर्डन शीर्ष र इण्डोनेसिया दोस्रो स्थानमा रहेको छन्।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इण्डोनेसियासँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउनेछ। यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एशियन कप खेल्नेछ।

Share Now

Leave a comment.