Prakash Adhikari June 18, 2022

 

क्वाललम्पुर(मलेशिया), ४ आषाढ । मलेसियामा जारि एसीसी महिला टी २० च्याम्पियनसिप अन्तर्गत शनिवार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ।

मलेशियाको क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष पछ्याएको कुवेतले पुरै २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षतिमा ८२ रन मात्र जोड्न सक्यो। कुवेतको लागि ओपनर प्रियादा मुरलीले ३१, मरियम्मा हैदरले १६ तथा अम्ना तारिकले १४ रन योगदान दिए। त्यस्तै जिफा जिलानीले ६, मार्याम ओमारले ५,बालसुब्रम्यानी शान्तिले ४,खादिजा खलिलले २ र सोइभान गोमेजले १ रनको योगदान दिए ।

कतारलाई रोक्न नेपालको बलिंगमा देब्रे हाते स्पिनर सीता राना मगरले २ विकेट तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १ । १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट क्षतिमा १ सय ७ रन बनाएको थियो।

खराब सुरुवात गरेको नेपालले पहिलो ४ विकेट ४७ रन बनाउदा गुमायो। पाँचौ विकेटको लागि इन्दु बर्मा र कप्तान रुबिना क्षेत्रीले अविजित ६० रनको साझेदारी गरे। रुबिनाले ३४ तथा इन्दुले २८ रन बनाए। खेलमा ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन बनाए। त्यस्तै सीता रानामगर र काजोल श्रेष्ठले ५ । ५ रन बनाए ।

नेपाललाई रोक्न कुवेती बलर मरीयम्मा हैदरले २ तथा मर्याम ओमर र खादिजा खलिलले १ । १ विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो। नेपालले तेश्रो खेल सोमबार बहराइनसंग खेल्नेछ भने चौथो खेलमा २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

Image

प्रतियोगिताको समुह ‘बि’ मा नेपालसंगै भुटान, कुवेत, बहराइन र हंगकंग छ भने समुह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टिम महिला एसिया कप खेल्न छनोट हुनेछन्। सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।

 

Asian Cricket Council Women’s T20 Championship
Group A
TEAM M W L PT NRR
MAL-W 2 2 0 4 4.371
UAE-W 2 1 0 3 10.925
OMA-W 1 0 0 1
QAT-W 1 0 1 0 -2.230
SIN-W 2 0 2 0 -6.925
Group B
TEAM M W L PT NRR
NEP-W 2 2 0 4 1.875
HKG-W 1 1 0 2 0.700
BHR-W 1 0 0 1
KUW-W 2 0 1 1 -1.250
BHU-W 2 0 2 0 -1.600
Share Now

Leave a comment.