Prakash Adhikari June 30, 2022

 

भरतपुर( चितवन), १६ असार । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५ सय घरपरिवार जोखिममा रहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन्।

बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ। भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको लुइँटेल बताउँछन्।

यस्तै माडी नगरपालिकाका चार हजार ५ सय परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३ सय २० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ।

यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३ सय, कालिकाका सय, राप्तीका २ सय तथा इच्छाकामना गाउँपालिकाका १ सय २५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। रासस

Share Now

Leave a comment.