Prakash Adhikari June 30, 2022

 

काठमाडौं, १६ आषाढ । नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको छ ।

गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्ष निमानुरु शेर्पाले प्रधानमन्त्री देउवासमक्ष तीन बूँदे मागपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।

संघले हालसम्म आरोहण नै नभएका ५ हजार ५ सय मिटरदेखि ६ हजार ५ सय मिटरसम्मका १ सय ७६ हिमालहरु आरोहण प्रबर्धनका लागि आफूलाई दिन माग गरेको छ ।

प्रधानमन्त्री देउवासंगको भेटको अवसरमा संघका नवनिर्वाचत अध्यक्ष शेर्पाले आफूहरुले विश्वका पर्वतारोहीहरुको संस्था युनियन अफ इन्टरनेशनल अल्पाईन एशोसिएसन (यूआईएए) र युनियन अफ एशियन अल्पाइन एशोसिएसन्स्को मञ्चहरुको उपयोग गरेर यी चढाई नभएका चुलीहरुको प्रबर्धन गर्ने प्रस्ताव गर्नुभएको थियो ।

अहिले संघले ५ हजार ५ सय मिटरदेखि ६ हजार ५ सय मिटरसम्मका २७ वटा हिमालको आरोहण अनुमति जारी गर्ने, आरोहणको प्रमाणपत्र दिने, आरोहणका क्रममा वातावरण प्रदूषण हुन रोक्ने, चोरी चढाई हुन नदिन जस्ता कार्य गर्दै आएको छ । प्रधानमन्त्री देउवासंगको भेटमा अध्यक्ष शेर्पाले यी २७ हिमालको व्यवस्थापन नवीकरणको कुरा पनि उठाउनुभएको थियो ।

यसका अलवा संघले प्रधानमन्त्रीलाई संघका एक संस्थापक तथा कान्छो आरोहीको विश्व कीर्तिमान कायम गर्नुभएका विख्यात आरोही शम्भु तामाड.को स्वास्थ्योपचारको कुरा पनि उठाएको छ । कीर्तिमानी आरोही तामाड. क्यान्सर रोगको उपचारमा हुनुहुन्छ ।

संघको प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री देउवाले संघले राखेका मागहरु अध्ययन गरेर पूरा गरिने बचन दिनुभएको छ ।

प्रधानमन्त्रीसंगको भेटमा वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्ष आड.दावा शेर्पा, महासचिव मोहन लम्साल,सचिव धनबहादुर गुरुड., कोषाध्यक्ष मुक्ति पाण्डे हुनुहुन्थ्यो ।

प्रतिनिधि मण्डलमा संघका सदस्यहरु पिताम्बर गुरुड., दिनेश तामाड., आड.दावा शेर्पा, नामग्याल जाड.बु शेर्पा, पासाड. दाबा शेर्पा, डोमा शेर्पा,निमा डोमा शेर्पा,राजेन्द्रबहादुर लामा,सिंगी लामा,लालबहादुर वाइवा र लामाबाबु शेर्पा पनि सहभागी थियो ।

 

 

 

 

Share Now

Leave a comment.