Prakash Adhikari June 30, 2022

 

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको आरोप लगाउनु भएको छ ।

आज राजधानीमा ६४ औ संसद सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’

उहाँले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गर्नुभयो । विगतमा कृषि मन्त्री रहिसक्नुभएका पौडेलले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताउदै भन्नुभयो, ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’

कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उहाँको आरोप छ

Share Now

Leave a comment.