Prakash Adhikari June 30, 2022

 

काठमाडौं, १६ आषाढ । बिहिबार पनि नेपालको शेयरबजारमा हरियाली छाएको छ । यस दिन नेपाल धितोपत्र बजार परिसूचक अघिल्लो दिनको तुलनामा ३.८२ प्रतिशतले बढेको छ। आज नेप्से परिसूचक ७४.९३ अंकले बढेर २,०३७.६४ बिन्दुमा पुगेको छ। बुधबार पनि नेप्से परिसूचक ४१.३९ अंकले बढेको थियो।

बिहिबार धितोपत्रको दोस्रो बजारमा २ सय २७ कम्पनीका ७२ लाख ५४ हजार ७० शेयरको खरिदबिक्रीबाट २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँको कारोबार हुन गएको छ।

बिहिबारको बजारमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई बर्गीकरणमा परेका १३ उपसमूहहरू सबैको मूल्य बढेको छ। त्यसमध्ये पनि ट्रेडिङको ७.३१ प्रतिशत, फाइनान्सको ६.९८ प्रतिशत र विकास बैंकको ६.१३ प्रतिशतले बढेको हो। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,380.54 29.68 2.2
Trading 1,860.49 126.7 7.31
Hotels And Tourism 2,732.43 127.11 4.88
Development Bank 3,538.09 204.44 6.13
HydroPower 2,287.66 106.01 4.86
Finance 1,537.29 100.28 6.98
Non Life Insurance 8,290.81 378.2 4.78
Manu.& Pro. 5,143.64 250.42 5.12
Others 1,538.84 86.02 5.92
Microfinance 4,458.31 204.42 4.81
Life Insurance 9,969.51 296.05 3.06
Mutual Fund 14.74 0.38 2.67
Investment 67.07 2.2 3.39

नेप्से उच्च अंकले बढेसँगै यस दिन ६ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, रिलायन्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

Top Gainers

Symbol LTP % Change
As of 2022-06-30 14:59:59
NFS 273.90 10.00
NYADI 355.30 10.00
MKJC 452.10 10.00
AKBSL 1,111.90 9.99
SWMF 823.70 9.99
CYCL 1,054.60 9.99
CORBL 275.00 9.87
SHIVM 774.00 9.79
RLFL 296.00 9.63
PMHPL 225.00 9.54
View All

यस दिन ग्लोबल आईएमई डिबेञ्चर ८६।८७, बरुण जलविद्युत, गुराँस लघुवित्त, बैंक अफ काठमाडौंको डिबेञ्चर, सिटिजन्स म्युचुअल फण्ड २ र सिद्धार्थ बैंकको डिबेञ्चरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-06-30 14:59:59
GBILD86/87 923.00 -3.89
BARUN 477.00 -2.65
GLBSL 1,000.00 -2.44
BOKD86 980.00 -2.00
CMF2 8.92 -0.89
SBLD84 860.00 -0.28
View All

कारोबार रकमको आधारमा बिहिबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ९५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ।यसपछि हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । यस अघिक कारोबार हुने अन्य कम्पनीमा नेशनल हाइड्रो पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, अरुणभ्याली हाइड्रो पावर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-06-30 14:59:59
SHIVM 99,520,630.60 774.00
HDL 79,768,171.40 3,405.00
ALICL 59,930,999.50 607.00
AKPL 58,389,622.80 448.00
LICN 56,939,778.90 1,488.00
NGPL 56,800,788.10 541.00
NHPC 54,237,768.90 239.00
NRIC 53,430,394.40 793.90
AHPC 51,918,082.10 371.00
NLIC 49,731,173.30 748.00
View All
Share Now

Leave a comment.