Prakash Adhikari July 6, 2022

काठमाडौं, २२ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले करेबियन प्रिमियर लिगको ( सीपीएल टि २० ) आगामी दशौँ संस्करणमा जमैका तल्लाहवाजबाट खेल्ने भएका छन् ।

सन्दीपले सीपीएल टि २० को अघिल्लो संस्करण २०२० मा पनि जमैकाबाट खेलेका थिए। त्यसपछिको संस्करणमा भने नेपालको ओमान र अमेरिकासंग को त्रिकोणात्मक सिरिजका कारण सन्दीपले खेल गुमाए।

सन्दीपको मार्केटिड.एजेन्ट साया कर्पोरेसनले उनी जमैका तलाबाजमा आबद्ध भएको र लंका प्रिमियर लिगमा दाम्बुला जायन्टसको लागि खेलेपछि सीपीएल टि २० खेल्न जाने बताएको छ।

https://twitter.com/SayaCorps/status/1544559444897386496

सीपीएल टि २० आगामी ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुँदैछ।

लंंका प्रिमियरमा दाम्बुलामा आबद्ध

त्यस अघि सन्दीपले ३१ जुलाई देखि अगस्ट २१ सम्म लंका प्रिमियर लिग खेल्ने छन्।

श्रीलंकामा जुलाई अन्तिममा आयोजना हुने लंका प्रिमियर लिगको टिम दाम्बुला जायन्टसले नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेलाई भित्र्याएको छ।

प्रतियोगिताको खेलाडी छनोट गर्न मंगलबार भएको ड्राफ्टमा जायन्टसले सन्दिपलाई ४० हजार अमेरिकी डलरमा आबद्ध गरेको छ ।

यो वर्ष जनवरीमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका लेग स्पिनर लामिछानेले अन्य विदेशी लिगमा सहभागिता जनाएका छैनन्।

३१ जुलाई देखि अगस्ट ११ सम्म आयोजना हुने लंका प्रिमियर लिगको तेश्रो संस्करणमा पाँच टिम सहभागी छन्। सन्दीप पहिलो पटक लंका प्रिमियर लिगमा छनोट भएका हुन्।

लंका प्रिमियर लिगको ड्राफ्टमा श्रीलंका बाहिरका १ सय ८० खेलाडीसहित ३ सय ५३ जना सहभागी छन्। सन्दीप अन्तर्राष्ट्रिय डायमन्ड क्याटेगरिमा ड्राफ्टमा समावेश थिए।

Share Now

Leave a comment.