Prakash Adhikari July 7, 2022

गोदावरी ललितपुर, २३ आषाढ । नेपालका कीर्तिमानी आरोही शम्भु तामाडंको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित उहाँको उपचारको क्रममा बिहिबार निधन भएको हो ।

१७ बर्षको कलिलो उमेरमा सगरमाथाको सफल आरोहण गर्नुभएका तामाड.को नाममा सो कीर्तिमान झण्ड २७ बर्ष कायम रहेका थियो ।

झण्डै विगत १ बर्षदेखि विरामी पर्नुभएका तामाड.को गोदावरीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो ।

उहाँको निधनमा नेपाल पर्वतारोहण संघले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालका विख्यात आरोही तथा नेपाल पर्वतारोहण संघका संस्थापकमध्येका एक शम्भु तामाड.को अप्रत्यासित निधनको खबरले संघ मर्माहत भएको बताउदै उहाँको दिवगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

नेपाल पर्वतारोहण संघको स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएका तामाड.को आरोहणले हजारौं नेपालीलाई पर्वतारोहणको क्षेत्रमा लाग्न अभिप्रेरित गरेको जनाउदै संघका अध्यक्ष निमानुरु शेर्पाले उहाँको निधनले पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

उहाँले पर्वतीय पर्यटनमा शम्भु तामाड.को योगदान अतुलनीय र अविश्मरणीय रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

Share Now

Leave a comment.