Prakash Adhikari July 7, 2022

 

काठमाडौं, २३ आषाढ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको कारण उध्र्वगतिको बाटो समात्न नसकेको नेपालको शेयर बजार निकै अस्थिर देखिंदै आएको छ ।

बुधबार दोहोरो अंंकले बढेको नेपालको धितोपत्र बजार परिसूचकमा बिहिबार दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापन गर्ने धितोपत्र बजार परिसूचक यस दिन १६.६० अंकले घटेर परिसूचक २०२७.३२ बिन्दुमा रोकिएको छ ।

यस दिन २ सय २९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयरको किनबेचबाछ १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँको कारोबार भएको छ ।

बिहिबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको बर्गीकरणमा परेका १३ मध्ये १२ समूहको उपसूचकमा गिरावट आएको छ । म्युचुअल फण्डको उपपरिसूचकमा मात्र कुनै परिवर्तन आएको छैन् ।

यस दिन बैंकिङ समूहको ८.५७, विकास बैंक ४६.२१, वित्त कम्पनी ७.७९, जलविद्युत १५.९३, जीवन बीमा ११५.१७, उत्पादन तथा प्रशोधन ४३.२०, माइक्रोफाइनान्स ३७.३६, जीवन बीमा समूहको उपसूचक ३३.६७ अंकले घटेको छ ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,360.61 8.57 0.63
Trading 2,085.44 23.47 1.11
Hotels And Tourism 2,665.20 31.24 1.16
Development Bank 3,479.81 46.21 1.31
HydroPower 2,357.89 15.93 0.67
Finance 1,581.82 7.79 0.49
Non Life Insurance 8,197.00 33.67 0.41
Manu.& Pro. 5,149.37 43.2 0.83
Others 1,512.78 22 1.43
Microfinance 4,425.93 37.36 0.84
Life Insurance 10,100.15 115.17 1.13
Mutual Fund 14.57 0.09 0.66
Investment 66.27 0.53 0.79

धितोपत्र बजार ओरालो लागेको यस दिन पनि केही कम्पनीहरुको शेयर मूल्य भने अघिल्लो कारोबार दिनको भन्दा बढेको छ । यसरी शेयर मूल्य बढ्ने कम्पनीहरुमा राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फण्ड १, माउण्टेन हाइड्रो नेपाल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड २, नारायणी नेशनल विकास बैंक लिमिटेड, बैंक अफ काठमाडौं डिबेञ्चर ८६, सानिमा लार्जक्याप फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, किसान लघुवित्त,वित्तीय संस्था , जानकी फाइनान्स र माउण्टेन इनर्जी नेपाल रहेका छन् ।

Top Gainers

Symbol LTP % Change
As of 2022-07-07 14:59:59
RMF1 8.46 3.93
MHNL 287.00 3.24
CMF2 8.50 3.03
NABBC 385.00 2.67
BOKD86 821.00 2.59
SLCF 8.31 1.96
CMF1 8.41 1.94
KLBSL 908.00 1.91
JFL 380.00 1.88
MEN 820.00 1.86
View All

यस दिन शेयर मूल्य अघिक घट्ने कम्पनीहरुमा समीट लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक, नयाँ सारथी लघुवित्त,गुराँस लघुवित्त, युनाइटेड इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्स, शिवश्री हाइड्रो पावर, हिमालयन पावर पार्टनर,ग्रीन डेभलपमेण्ट बैंक रहेका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2022-07-07 14:59:59
SMFDB 815.30 -5.20
LEC 247.00 -5.00
RBCLPO 11,000.00 -4.93
NSLB 868.00 -3.97
GLBSL 976.00 -3.84
UIC 371.00 -3.64
PLI 370.10 -3.49
SSHL 224.00 -3.49
HPPL 333.00 -3.48
GRDBL 231.00 -3.35
View All

यस दिन अधिक कारोबारमा हुने कम्पनीहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), अरुण काबेली पावर र शिवम् सिमेन्ट रहेका छन् ।
यस्तै अन्य कम्पनीहरुमा हिमालयन डिष्टिलरी, अपर तामाकोशी, गोर्खा फाइनान्स, नेपाल बैंक लिमिटेड, नबिल, नेपाल पुनर्बीमा कम्पनी, किसान लघुवित्त वित्तीय संस्थाको (संस्थापक शेयर) रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-07-07 14:59:59
LICN 76,589,982.50 1,525.00
AKPL 63,006,334.90 469.00
SHIVM 62,532,918.10 785.00
HDL 59,008,264.60 3,490.00
UPPER 58,239,632.00 514.10
GUFL 47,030,045.30 492.00
NBL 46,392,999.10 287.80
NABIL 43,794,878.60 845.00
NRIC 40,569,872.30 786.00
KLBSLP 40,528,400.00 671.00
View All
Share Now

Leave a comment.