काठमाडौं, ४ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालको लाग पनि निर्वाचित भएका छन् ।
यसको जानकारी निर्वाचन आयोगले आइतबार दिएको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ अनुसार पुन उपराष्ट्रपतिमा निर्वाचित भएको जनाएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिए बमोजिम घोषणा गर्ने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगलेउपराष्ट्रपतिको निर्वाचनका लागि चैत ९ गतेको मिति निर्धारण गरेको थियो ।
तर एकमात्र उम्मेद्वारी परेकोले उम्मेद्वारको अन्तिम नाम प्रकाशन गर्दा उनीलाई आइतबारै निर्वाचित भएको घोाषणा गरियो ।