Prakash Adhikari July 18, 2022

 

काठमाडौं, २ श्रावण । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर उहााले राजीनामा दिनुभएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो।

उहाँले दिएको राजीनामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृह मन्त्रालयमा पेस गर्दै हुनुहुन्छ। त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लगेपछि राजीनामा स्वीकृत हुने राईले बताउनुभयो।

आफूभन्दा कनिष्ठ रहेका धिरजप्रताप सिंहलाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उहाँले असन्तुष्टि जनाउदै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। उहाँले आफूलाई महानिरीक्षक नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्नुभएको थियो।

रिट दायर गरेयता उहाँ प्रहरी प्रधान कार्यालयमा हाजिर हुनुभएको थिएन। उहाँले मागेको बिदा पनि स्वीकृत भएको थिएन।

तर अदालतले गत शुक्रबार आइजिपीमा सिंहलाई नै निरन्तरता दिने निर्णय गरे पनि अदालतबाट न्याय पाउने उहाँको झिनो आशा पनि सकियो र उहाँले सोमबार राजीनामा दिनुभयो ।

Share Now

Leave a comment.