Prakash Adhikari July 19, 2022

काठमाडौँ, ३ श्रावण । नयाँ आर्थिक बर्षको सुरुआतदेखि नै नेपालको शेयर बजारले उकालो यात्रा सुरु गरेको छ ।

मंगलबार शेयर बजारका सबै सूचक बढेका छन् । कारोबार रकम पनि वृद्धि भएको छ । धितोपत्र बजार परिसूचक अघिल्लो दिनको तुलनामा १६.२० अंकले बढेर २०४५.६९अंकमा पुगेको छ ।

कारोबार रकम पनि सोमबारको तुलनामा एक अर्बले बढेको छ । यस दिन २ सय १३ कम्पनीका ५७ लाख १३ हजार २ सय ४८ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३ सय २६ रुपैयाको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटै उपसमूहको उपपरिसूचकमा बढोत्तरी आएको छ ।

 

 

 

Share Now

Leave a comment.