Prakash Adhikari July 27, 2022

 

काठमाडौं, ११ श्रावण । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदबहाली गर्नुभएको छ।

उहाँले आजै बिहान बोर्डको कार्यालय पुगेर पदको जिम्मेवारी सम्हाल्नुभएको हो ।

केसीलाई बोर्ड कार्यालयमा कर्मचारीले फूल–मालाले स्वागत गरेका थिए।

केसीलाई गत सोमबार मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

 

Share Now

Leave a comment.