Prakash Adhikari July 30, 2022

काठमाडौं, १४ श्रावण। ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

“सबैका लागि बैंक” भन्ने नाराका साथ २९ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा देश बाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७७ जिल्लामा २ सय ८९ शाखा, २ सय ६५ एटीएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा दिइरहेको छ।

साथै ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ८१ भन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।

Share Now

Leave a comment.