काठमाडौं, १४ श्रावण । श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार सार्वजनिक गरेको समूह विभाजनका नेपाल ‘बी’मा परेको छ ।
नेपालको समूहमा आयोजक श्रीलंका र भुटान रहेका छन् ।
समूह ‘ए’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् । साफ यू–१७ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई प्रशिक्षकामा नियुक्त गरी तयारी समेत सुरु गरिसहेको छ ।



















