Prakash Adhikari August 2, 2022

 

काठमाडौं, १७ श्रावण । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा उपसचिव नेपालले घुस लिएका हुन्।

उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको हो।

अख्तियारको टोलीले उपसचिव नेपालको कारबाट स्रोट्ट नखुलेको १६ लाख ५० हजार रुपैयाँ बरामदसमेत गरेको छ।

उनी चढ्ने बा१झ ९९४६ नम्बरको कार खानतलासी गर्दा उक्त रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Share Now

Leave a comment.