काठमाडौं, २७ श्रावण । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ।
टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो। टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराउनुभएको टान सचिवालयले जनाएको छ। बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको छ।
बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना तथा सह कोषाध्यक्षमा छिङ दोर्शी शेर्पाले उम्मेद्वारी दिनुभएको छ।
यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराउनुभएको छ।
त्यस्तै सापकोटा समूहको अध्यक्षमा सापकोटा, वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिञ्जी जाङ्बु शेर्पा र सचिवमा हरि कँडरियाले उम्मेद्वारी दर्ता गर्नुभएको छ।
त्यस्तै सदस्यमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारीले उम्मेदवारी दिनुभएको छ।
अध्यक्षका अर्का प्रत्यासी भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ।
अध्यक्षका प्रत्यासी बास्तोलाले टानको गरिमालाई उँचो बनाउँदै पर्वतीय पर्यटन व्यवसायमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताउनुभएको छ।
अर्का प्रत्यासी सापकोटाले टानलाई व्यवसायमैत्री बनाउने विश्वास व्यक्त गर्र्नुभयो।
अध्यक्षका प्रत्यासी भण्डारीले पनि टानलाई व्यवसायीको हित अनुकूलको संस्थाका रूपमा काम गर्ने बताउनुभयो।
टानको ४४ औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि १ हजार २ सय ५० मतदाता पुगेका हुुन्।
टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्।


















