काठमाडौं, २६ श्रावण । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उषाकुमारी मिश्र राउत नियुक्त हुनुभएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चैत १५ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार, मिश्रलाई सो पदमा नियुक्त गर्नुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।
यसअघि उमा रेग्मी अध्यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव हुनुहुन्थ्यो ।
नेपाली काग्रेस सभापति देउवाले पार्टीको विधान २०१७(संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघको नेतृत्वलाई पुनर्जीवन दिने क्रममा नेपाल महिला संघको अध्यक्ष नियुक्त गर्नुभएको हो ।
यस अगाडि सभापति देउवाले नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाड. शेर्पा र तरुण दलको अध्यक्षमा विद्धान गुरुड.लाई नियुक्त गर्नुभएको थियो ।


















