Prakash Adhikari August 16, 2022

सानेपा(ललितपुर), ३१ श्रावण । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले मंगलबार १० जनालाई महिलालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको जानकारी दिनुभयो।

कांग्रेसमा १ सय ६८ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। सभापति देउवाले मनोनीत गर्न पाउनेमध्ये यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो।

अझै देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

समावेशी सिद्धान्तअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था कांग्रेस विधानमा छ।

सभापति देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रूक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा, सीता देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको हो।

निर्वाचन आयोगमा दल दर्ता प्रयाजनका लागि एक तिहाई महिला पुर्याउनुपर्ने भएपछि यस पटक १० जना महिला मनोनित गरिएको बनाइएको छ ।

१० जना केन्द्रीय सदस्य मनानीत गरेपछि आजै नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

 

 

 

Share Now

Leave a comment.