खलंगा(दार्चुला), १ भाद्र । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।
शैल्यशिखर नगरपालिका –६ उल्यानी गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो ।
गोकुलेश्वरबाट खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जीप सडकबाट करिब २५० मिटर तल खसेको स्थानीय गणेश धामीले जानकारी दिनुभयो ।
दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका ६ जनालार्ई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन् । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।


















