Prakash Adhikari August 17, 2022

काठमाडौं, १ भाद्र । नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति आपूर्तिको विषयमा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

उक्त श्रम समझदारी पत्रमा आउदो सोमबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो ।

Share Now

Leave a comment.