Prakash Adhikari August 22, 2022

काठमाडौँ, ६ भाद्र । अफ्रिकी राष्ट्र केन्यामा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघले सोमबार बिदाई गरेको छ ।

केन्या जाने टिमलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन कुमार सिंह, कार्यकारी सदस्य दुर्गाराज पाठक र महाप्रबन्धक बृतान्त खनालले बिदाई गर्नुभएको थियो ।

यही अगस्ट २५ गते बिहिबारदेखि सेप्टेम्बर ५ सम्म केन्यामा नेपाली टोलीले पाँच ट्वान्टी–२० र तीन एक दिवसीय क्रिकेट खेल खल्ने छन् ।

नेपाल क्रिकेट संघले केन्या भ्रमणका लागि लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

 

Image

केन्या भ्रमणको लागि क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, करन के।सी, आरिफ शेख,सोमपाल कामी, बसिर अहमद, पवन सर्राफ, सहाब आलम,देव खनाल, आदिल आलम, अर्जुन साउद,किशोर महतो, विवेक यादव रहेको टोली चयन गरिसकेको छ । भने रिजर्भमा जितेन्द्र मुखिया, भीम सार्की, हरिशंकर साह, प्रतिस जी.सी.लाई राखेको छ ।

टोलीमा ज्ञानेन्द्र मल्लले पुनरागमन भएको हो । यस पटक यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमणमा रहेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला बाहिरिएका छन्।
नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोली केन्या भ्रमणमा जानेछ ।

नेपालले यही अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा ५ टी २० र ३ एक दिवसीय खेल खेल्ने छ ।

सार्वजनिक खेल कार्यक्रम अनुसार नेपाली क्रिकेट टिमले अगष्ट २५ देखि ३१ सम्म टी २० खेल्ने छ भने सेप्टेम्बर २ देखि ५ सम्म टीन एक दिवसीय खेल खेल्ने छ ।

 

Image

 

Share Now

Leave a comment.