काठमाडौं, ७ भाद्र । अहिले डिजेल मात्र आयात भइरहेको नेपाल(भारत पेट्रोलियम पाइपलाइनबाट ूयोजना अनुसार काम अघि बढेमाू पेट्रोलको आयात सुरु गर्न करिब डेढ वर्ष लाग्ने अधिकारीहरूले बताएका छन्।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म विस्तार भएको उक्त अन्तरदेशीय पाइपलाइन दुई वर्षअघि सञ्चालनमा आएको थियो।
दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन भनिएको त्यसबाट हालसम्म नेपालमा पेट्रोलको आयात गर्न सकिएको छैन।
त्यसको मुख्य कारण अमलेखगञ्जमा पेट्रोल ूभण्डारण क्षमता कम हुनुू रहेको नेपाल आयल निगमका अधिकारीहरू बताउँछन्।
तर पाइपलाइन निर्माणको दोस्रो चरणमा इन्डियन आयल कर्पोरेसन (आईओसी) सँगको साझेदारीमा त्यस्ता भण्डारण केन्द्रहरूको ूचाँडै निर्माण सुरु हुन लागेकोू उनीहरूको भनाइ छ।
नेपाल-भारत पेट्रोलियम पाइपलाइन
मोतिहारीदेखि अमलेखगञ्जसम्म नेपाल र भारतको संयुक्त लगानीमा उक्त अन्तरदेशीय पाइपलाइन बनेको हो।
दुई वर्षअघि नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट पाइपलाइनको उद्घाटन गर्नुभएको थियो।
त्यसपछिदेखि पाइपलाइनबाट नियमित रूपमा डिजेल आयात भइरहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो।
उक्त पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ।त्यसमध्ये ३६.२ किलोमिटर भाग नेपालमा पर्छ।
पेट्रोलियम पाइपलाइन
“अहिले दैनिक चार हजार किलोलिटरभन्दा बढी डिजेल पाइपलाइनबाट आइरहेको छ”, उपाध्यायले भन्नुभयो, “हामीले मागअनुसार डिजेल ल्याउने गर्छौँ। अहिले वर्षाको मौसम भएकाले माग केही कम छ।”
अहिले भैरहवाभन्दा पूर्वको आपूर्तिका लागि लगभग सबैजसो डिजेल उक्त पाइपलाइनबाटै आइरहेको उनको भनाइ छ।
भैरहवाभन्दा पश्चिमतर्फ भने विभिन्न भारतीय डिपोहरूबाट पहिलेकै जस्तो ट्याङ्करमा भरेर ल्याउने गरिएको छ।
भण्डारण क्षमता कति?
उपाध्यायका अनुसार अमलेखगञ्ज डिपोमा १९ हजार किलोलिटर डिजेल भण्डारण क्षमता रहेको छ।
पाइपलाइनमार्फत् आएको डिजेल उक्त भण्डारणस्थलमा राख्ने र त्यसपछि ट्याङ्करमा भरेर अन्यत्र पठाउने गरिन्छ।
नेपालमा कुल पेट्रोलियम खपतमा सबैभन्दा धेरै हिस्सा डिजेलको रहेको उहाँ बताउनुहुन्छ।
“नेपालको कुल खपतमा ६५ देखि ७० प्रतिशत खपत डिजेलको हुने गर्छ”, उहाँले भन्नुभयो ।
तर अमलेखगञ्जमा पेट्रोलको भण्डारण क्षमता भने डिजेलका तुलनामा निकै कम रहेको छ।
त्यहाँ ३ हजार ५ सय किलोलिटर मात्र पेट्रोल भण्डारण गर्न मिल्छ।
त्यसमध्ये करिब ५ सय किलोलिटर त उक्त डिपोबाटै बिक्री हुने उपाध्यायले बताउनुभयो।
भण्डारण निर्माण कुन चरणमा ?
उपाध्यायका भनाइमा नेपाल-भारत पाइपलाइनबाट पेट्रोल ल्याउनका लागि मुख्य समस्या नै भण्डारणको हो।
“त्यसैले पाइपलाइन सम्झौता हुँदाखेरि नै निर्माणको दोस्रो चरणमा पेट्रोल भण्डार केन्द्र बनाउने भन्ने व्यवस्था गरिएको हो”, उहाँले भन्नुभयो।
नेपाल र भारतको संयुक्त लगानीमा ती भण्डारण केन्द्रहरू बन्ने बताइएको छ।
“अमलेखगञ्जमा चार । चार हजार किलोलिटरका दुईवटा पेट्रोल भण्डारका ट्याङ्की बन्नेछन्। त्यसको काम अघि बढिसकेको छ। भारतीय आयल कर्पोरेसनले टेन्डर गरिसकेको छ”, उपाध्यायले भन्नुभयो।
एउटै पाइपबाट एकपटक डिजेल र अर्कोपटक पेट्रोल पठाउँदा केही मात्रामा तेल मिसिएर आउने गर्छ।
त्यस्तो तेल राख्नका लागि पनि छुट्टै ट्याङ्की बनाइने उहाँले बताउनुभयो।

पेट्रोलियम पाइपलाइन
भण्डारणस्थल बनेपछि हाल बरौनीबाट ट्याङ्करमा भरेर ल्याउनुपर्ने पेट्रोल पनि पाइपलाइनबाटै नेपालसम्म आउनेछ।
डेढ वर्षभित्र भण्डारण केन्द्र बनिसक्ने
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईको नेतृत्वमा गएको एउटा टोलीले तीन साताअघि आईओसीका अधिकारीहरूसँग भण्डारण केन्द्र निर्माणको प्रगतिबारे समीक्षात्मक बैठक गरेको थियो।
उहाँका भनाइमा उक्त बैठकमा निर्माण अघि बढाउन देखिएका केही प्राविधिक र व्यवहारिक समस्याहरूलाई सुल्झाउने निर्णय भएका छन्।
उहाँले भन्नुभयो, “दोस्रो चरणको काम सुरु गर्नका लागि के गर्ने भन्नेबारे बैठक भएको थियो। अहिले काम भइरहेको छ। टेन्डर आह्वान भइसकेको छ।अहिले निर्माणस्थलमा स्टिलका पाताहरू ल्याउने काम पनि भइरहेको छ। हालसम्म ८० प्रतिशत त्यस्ता पाताहरू आइसकेको अवस्था छ।”
दोस्रो चरणको निर्माणका लागि नेपाल र भारतले कुल १ अर्ब २८ करोड भारु खर्चिने बताइएको छ।
ूट्याङ्की मात्र बन्ने होइन। लोड गर्नका लागि आवश्यक पर्ने उपकरण र अत्याधुनिक सुविधा पनि बन्दैछ,ू भट्टराईले भन्नुभयो।
उहाँका भनाइमा सन् २०२४ को ज्यानुअरीसम्ममा नयाँ भण्डारणस्थल तयार हुन्छन्।
ूत्यसपछि पाइपबाटै पेट्रोल आउँछ,ू उहाँले भन्नुभयो।(बीबीसीबाट)


















