Prakash Adhikari August 24, 2022

 

एल्सा मइशम । बीबीसी न्यूज

लण्डन(संयुक्त अधिराज्य बेलायत), ८ भाद्र । युरोप हप्तौँदेखि खडेरीको चपेटामा छ। निरन्तर अत्यधिक तापक्रम र उष्णलहरका कारण कतिपय मानिसले ज्यान गुमाएका छन् भने केहीलाई वासस्थानबाट अन्यत्र सारिएको छ।

नदी र तालहरू सुकेका कारण ढुवानी गर्ने र अन्य पानीजहाज सञ्चालनमा ठूलो समस्या निम्तिएको छ।

पानीको स्तर घट्दै गएपछि त्यस स्थानमा गाडिएका खजानाहरू पनि बाहिर देखिएका छन्।

यीमध्ये सबैभन्दा नराम्रो सङ्केत चाहिँ भोकमरी ढुङ्गाहरुले दिएका छन्।

यसअघि भएका खडेरीको समयमा नदी बाहिर देखिएपछि कुँदिएका ती ढुङ्गाहरूले भावी पुस्तालाई ( जब ढुङ्गाहरू पानीभन्दा माथि देखिन्छन् तब कठिनाइहरू नजिक आउने ) चेतावनी दिन्छ।

चेक गणतन्त्रबाट जर्मनी हुँदै बग्ने एल्ब नदीको किनारमा अधिकांश ढुङ्गाहरू फेरि देखा परेका हुन्।

१५औँ शताब्दीमा पहिलोपटक कुँदिएको एउटा ढुङ्गा सन् १६१६ मा देखा परेको थियो।

त्यसमा स्थानीयबासीहरूले लेखेका थिए, मलाई देख्यौ भने रुनु।

सर्बियाको डेन्युबमा पानीको तह घटेपछि दोस्रो विश्वयुद्धमा प्रयोग भएका जहाजका डुबेका अवशेषहरू देखिएका छन्, जुन अझै विस्फोटक पदार्थले भरिएको खुलासा गरेको छ।

प्राहोभो सहरनजिकै भेटिएका जहाजहरू सन् १९४४ मा डुबेका नाजी जहाजको अंश थिए।

खडेरी जारी रहेकाले त्यस्ता अंशहरू अझ बढी भेटिने अपेक्षा गरिएको छ।

आधा डुबेको जहाज

आधा डुबेको जहाज: नाजीहरू भाग्दा थुप्रै जर्मन जहाजहरू डुबेका थिए

इटलीको पो नदीमा पनि विस्फोट नभएको अस्त्र फेला परेको छ।

गत जुलाई महिनामा मान्टुआ सहर नजिकैको एक गाउँबाट करिब ३ हजार मानिसहरूलाई स्थानान्तरण गरिएको थियो।

त्यहाँबाट विज्ञहरूले पहिले डुबेको दोस्रो विश्वयुद्धको बमलाई हटाएर सुरक्षित ढङ्गमा विस्फोटन गराएका थिए।

अस्त्र हटाउँदै सेना

अस्त्र हटाउँदै सेनाः इटालीको पो नदीमा फेला परेको अस्त्र

पो नदीमा सन् १९४३ मा जर्मनहरूले प्रयोग गरेको र डुबेको डुङ्गा पनि बाहिर निस्किएको छ।

केही महिनाअघि पानीको सतह घटेपछि स्थानीयवासीले जिबेलो नामक त्यस्ता डुङ्गाहरू देखेका थिए।

खडेरी जारी रहेकाले त्यस्ता साना डुङ्गाहरू थप देखिने क्रम जारी छ।

पानीको स्तर घटेपछि देखिएको डुङ्गा

पानीको स्तर घटेपछि देखिएको डुङ्गा

टाइबर नदीको तह निकै तल पुगेपछि रोममा एक पुरानो पुलको भग्नावशेष उजागर भएको छ, जुन सम्राट् नेरोले सन् १९५०मा बनाएको हुन सक्ने ठानिएको छ।

पानीको स्तर कम हुँदा उक्त भग्नावशेषको सानो भाग सधैँ देख्न सकिन्थ्यो।

तर अहिले त्यस संरचनाको भागहरू सामान्य अवस्थामा भन्दा धेरै देख्न सकिने भएको छ।

उक्त प्राचीन पुल हालको एक आधुनिक पुल भिट्टोरिओ एमान्युएल दोस्रोभन्दा ठीक तल अवस्थित छ।

पुलको भग्नावशेष

पुलको भग्नावशेष

टाइबर नदीमा एक पुरानो पुलको भग्नावशेष उजागर भएको छ

पहिले पुरिएको ूस्पेनिस स्टोनहेन्जू स्पेनको कासेरसको प्रान्तको भाल्डेकानास जलाशयमा देखा परेको छ।

आधिकारिक रूपमा गुआडलपेरलको डोल्मेन भनिने गोलाकार स्थितिमा रहेका ढुङ्गाहरू ५००० ईसा पूर्वको भएको विश्वास गरिन्छ।

तिनीहरू सन् १९२६ मा पुरातत्त्वविद्‌द्वारा अन्वेषण गरिएका थिए तर उक्त स्थान सन् १९६३ मा ग्रामीण विकास परियोजना अन्तर्गत जलमग्न भएको थियो।

त्यसयता उनीहरू चारपटक मात्रै देखिएका छन्।

स्पेनिस स्टोनहेन्ज

स्पेनिस स्टोनहेन्ज अर्थात् गोलाकार अवस्थामा रहेका प्राचीन ढुङ्गाहरू

पोर्चुगलको सिमानामा रहेको ग्यालिसियामा, यसै वर्षको सुरुमा खडेरीले नाटकीय रूपमा जलाशयको पानी रित्त्याएपछि एउटा ूत्यागिएको गाउूँ देखा परेको थियो।

जलाशयको लागि दिशानिर्देश गर्नका निम्ति एकेरेडो भनिने त्यस स्थानलाई सन् १९९२ मा जलमग्न पारिएको थियो।

त्यस ठाउँका केही पूर्व बासिन्दाहरू अहिले देखिएका भत्किएका भवनहरू हेर्न त्यहाँ पुगेका छन्।

त्यागिएको एक गाउँ

त्यागिएको एक गाउँः एकेरेडो भनिने त्यस स्थान प्राय पानीमुनि रहन्थ्यो

बेलायतमा पनि हराएको खजाना उजागर भएको छ।

डर्बीशरको डेरवेन्ट गाउँमा रहेको एउटा चर्चको भग्नावशेष भेटिएको हो।

त्यहाँ लेडीबोअर जलाशयको लागि बाटो बनाउन सन् १९४० मा गाउँ जलमग्न पारिएको थियो।

लेडीबोअर जलाशय

लेडीबोअर जलाशयः लेडीबोअर जलाशयका कारण डुबेको गिर्जाघर पुनः देखिन थालेको छ

कर्नवालको कोलिफोर्ड ताल जलाशयमा पुराना रूखहरूको अवशेष देखिएको छ।

बोडमिन मुरस्थित त्यस क्षेत्रमा सन् १९८० मा बाढी आएको थियो।

रुखका अवशेषहरू

रुखका अवशेषहरू

त्यस्तै १७औँ शताब्दीका केही बगैँचाका निशानहरू दक्षिण(पश्चिम इङ्गल्यान्डको स्विन्डनस्थित लिडियर्ड पार्कमा देखा परेका छन्।

अत्यधिक तापक्रमका कारण घाँसहरू मरेपछि जमिनमुनिका सामग्रीहरू देखा परेका हुन्।

त्यस्तै प्राचीन बगैँचाहरू नजिकैको एक भव्य घरमा पनि देखिएको छ।

आकाशबाट कैद गरिएको बगैँचा

Share Now

Leave a comment.