एक दुई जना उम्किन्छु भन्ने नसोचे हुन्छ? कसलाई भनेको होला? कांग्रेस मुद्दाको १८ करोडको डिल कति सत्य ?
काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ लेख्नुभएको संक्षिप्त स्टाटसले नेपालको राजधानीमा निकै कौतुहलता मच्चाएको छ । उहाँले हिजो साँझ तीन हरपे स्टाटस राख्नुभयो । जसमा लेखिएको थियो ,
” सही समय आएपछी,
सबैको गलत समय आउछ,
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।”
उहाँको स्टाटस आउनु अगाडि काठमाण्डुपाटी डट कम(Kathmandupati.com)ले एउटा समाचार लेखेको छ । समाचार अहिले नेपालको राजनीतिक, न्यायिक,प्रशासनिक र विचौलिया धन्दाको क्षेत्रमा निकै चर्चित नाम इनम सापकोटासंग जोडिएर आएको छ । सो समाचारमा नेपाली कांग्रेसको आधिकारिकता दिलाउन १८ करोडको डिल गरिएको सापकोटाले प्रहरीसंगको बयानमा बताएको कुरा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री बालेनले सही समय आएपछि गलत समय आउछ भनेर नेपाली कांग्रेसको संस्थापन पक्षलाई भन्नुभएको हो कि भन्ने अनुमान छ । जहाँ उहाँले थप्नुभएको छ, “..एक दुई जना उम्कन्छु भनेर सपना नदेखे हुन्छ ।”
इनमको बयानमा आधिकारिकता प्राप्त नेपाली कांग्रेसका नेता, नेपालका चर्चित ब्यापारी, बिचौलिया र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीको नाम समेत आइसकेको दावी समाचारमा गरिएको छ ।







