काठमाडौं, ८ भाद्र । सत्तारुढ दलको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ५ बजेका लागि तय भएको छ ।
मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएर अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक स्थगित भएको थियो।
बाँडफाँट समितिले ९ गतेभित्र सिट बाँडफाँटको विषयलाई टुंग्याउन प्रयत्न गरिरहेको छ।
सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भइरहेको र ९ गतेभित्र टुंगिने कार्यदलका सदस्य समेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभएको छ ।
कार्यदलले २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँट अघि बढाउने आधार तयार पारिहेको छ । अन्तिम टुंगो भने लाग्न बाँकी छ।


















